दाङ-एमालेका महासचिव शंकर पोखरेल दुई दलीय व्यवस्थाको पक्षमा उभिएका छन् ।
पोखरेलले विकास र समृद्धिका लागि दुई दलीय व्यवस्थाको आवश्यकचा रहेको दाबी गरेका छन् ।
दाङका कम्युनिष्ट नेता श्रीमणि आचार्यको सालिक अनावरण कार्यक्रमा शनिबार उनले भने, ‘धेरै राजनीतिक दल हुँदा अस्थिरता मात्रै बढ्यो । त्यसैले विकास र समृद्धिका लागि अब दुई वटा दलमात्रै हुनुपर्छ ।’
तर कुन कुन दुई दल मात्रै हुनु पर्ने त्यस विषयमा उनले केही पनि बताएनन् ।
‘धेरै राजनीतिक दल भए अस्थिरता बढ्छ’, महासचिव पोखरेलले भने, ‘जति धेरै दल रहन्छन्, त्यति धेरै अस्थिरता बढ्छ । त्यसैले दुई दलीय व्यवस्था नै उपयुक्त हुन्छ ।’
नयाँ दलले देशलाई निकास दिन नसक्ने दाबी गर्दै उनले पुरानै दलमा सुधार खोज्नुपर्ने बताए । ‘नयाँ दलबाट केही हुँदैन’, उनले भने, ‘पुराना दलमा भएको खराब प्रवृत्तिलाई सुधारेर अघि बढेमात्रै देशको प्रगति सम्भव छ ।’




प्रतिक्रिया