परराष्ट्रमन्त्री खनालसँग साइप्रसका गैरआवासीय राजदूत भ्रियोनिडेसको भेटवार्ता

परराष्ट्रमन्त्री खनालसँग साइप्रसका गैरआवासीय राजदूत भ्रियोनिडेसको भेटवार्ता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि साइप्रसका गैरआवासीय राजदूत इभागोरस भ्रियोनिडेसले शिष्टाचार भेटवार्ता गरेका छन् ।

सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा भएको भेटवार्तामा मन्त्री खनाल र राजदूत भ्रियोनिडेसबिच नेपाल र साइप्रसबिचको द्विपक्षीय सहकार्यका विभिन्न विषयमा छलफल भएको छ ।

परराष्ट्रमन्त्री खनालले साइप्रसमा रहेका नेपालीहरूका बारेमा चासो व्यक्त गरेका थिए ।

उनीहरूबिच बहुपक्षीय फोरमहरूमा आपसी हित र सहकार्य गर्ने विषयमा पनि छलफल भएको थियो ।