ऐजेन्सी – साउदी अरेवियाले परमाणु रियाक्टर बनाउने घोषणा गरेको छ । युवराज मोहम्मद–बिन सलमानले देशको पहिलो परमाणु रियाक्टर बनाउने घोषणा गरेका हुन । साउदी अरबको सरकारी समाचार एजेन्सीले यसको पुष्टि गरेको छ । उक्त समाचारमा जनाएअनुसार युवराज सलमानले सोमबार यो योजनाको आधारशीला पनि राखेका छन् । समाचारमा रियाक्टरको प्रकृतीबारे भने कुनै जानकारी दिइएको छैन् ।
साउदी अरबको अबको दुई दशकमा १६ परमाणु रियाक्टर बनाउने योजना छ जसमा लगभग ८० अर्ब डलर खर्च हुने अनुमान गरिएको छ ।
कच्चा तेलको सबैभन्दा ठूलो निर्यातकर्ता साउदी अरब तीब्र रुपमा बढिरहेको आफ्नो ऊर्जा आवश्यकतालाई अहिले तेल र प्राकृतिक ग्यासले पूरा गर्छ ।




प्रतिक्रिया