अवैध लागूऔषधसहित विभिन्न स्थानबाट ११ जना पक्राउ

अवैध लागूऔषधसहित विभिन्न स्थानबाट ११ जना पक्राउ


काठमाण्डु – अवैध लागूऔषधसहित प्रहरीले देशका विभिन्न स्थानबाट ११ जनालाई पक्राउ गरेको छ ।

सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–७ चिसापानी बस्ने उदयपुर कटारी नगरपालिका–६ घर भएका ४६ वर्षीय कुमार पाख्रिनलाई अवैध लागूऔषध गाँजा करीब ६०४ किलोग्रामसहित शनिबार राति प्रहरीले पक्राउ गरेको छ ।

ईलाका प्रहरी कार्यालय कपिलाकोटबाट खटिएको प्रहरी टोलीले गोठ तलासी गर्दा गाँजा फेला पारी गोठमा सुतिरहेका पाख्रिनलाई पक्राउ गरेको छ ।

कैलालीको टीकापुर नगरपालिका–१ गोलपार्कबाट अवैध लागूऔषध खैरो हेरोइन १९० मिलिग्रासहित टीकापुर नगरपालिका–१ बस्ने ३५ वर्षीय आशिस लोथ्याललाई प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको छ ।

रूपन्देहीको बुटवल उपमहानगरपालिका–११ नहरपुरस्थित झोलुङ्गे पुलबाट अवैध लागूऔषध ब्राउन सुगर ३ ग्राम ५०० मिलिग्रामसहित बुटवल उपमहानगरपालिका–११ बस्ने २६ वर्षीय सुरज सुन्दौलीलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय बुटवलबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको छ ।

ललितपुरको महालक्ष्मी नगरपालिका–३ बोजेपोखरीबाट नियन्त्रित लागूऔषध ट्रमाडोल ४३ पिससहित काभ्रेको पनौती घर भई ललितपुरको बोजेपोखरी बस्ने ३१ वर्षीय सुदिप कार्की र उदयपुर कटारी नगरपालिका–६ घर भई ललितपुरको ईमाडोल बस्ने २१ वर्षीय राजिव बराललाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त सातदोबाटोबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको छ ।

झापाको मेचीनगर नगरपालिका–६ काँकरभिट्टास्थित पुरानो मेचीपुलबाट अवैध लागूऔषध खैरो हेरोइन २ ग्राम ४७० मिलिग्रामसहित दमक नगरपालिका–४ बस्ने २७ वर्षीय बिर्जेश सुनुवारलाई प्रहरीले पक्राउ गरेको छ ।

लागूऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टा र ईलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको संयुक्त टोलीले उनलाई पक्राउ गरेको छ ।

मकवानपुरको राक्सिराङ गाउँपालिका–५ ठुलो खोल्सा डाँडाबाट अवैध लागूऔषध गाँजा ८ किलो ५०० ग्रामसहित राक्सिराङ गाउँपालिका–८ बस्ने २१ वर्षीय अशोकलाल मोक्तान समेत ३ जनालाई गए राति प्रहरी टोलीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको छ ।

कास्कीको पोखरा महानगरपालिका–३० पावरहाउसस्थित सडकबाट अवैध लागूऔषध गाँजा करीब ४८० ग्रामसहित पोखरा महानगरपालिका–१३ बाझापाटन बस्ने २४ वर्षीय दुधप्रसाद गुरूङलाई गए राति प्रहरी टोलीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय गगनगौडाबाट खटिएको प्रहरी टोलीले काठमाण्डुबाट पोखरातर्फ जाँदै गरेको बा३ख ५५६९ नम्बरको माइक्रो बसलाई जाँच गर्ने क्रममा माइक्रो बसमा सवार उनलाई गाँजासहित पक्राउ गरेको छ ।

बाराको जितपुरसिमरा उपमहानगरपालिका–३ बजनी चोकबाट अवैध लागूऔषध गाँजा करीब ३० किलोग्रामसहित मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१२ बस्ने २१ वर्षीय सुजन मुक्तानलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी पथलैयाबाट खटिएको प्रहरी टोलीले अम्लेखगञ्जबाट वीरगञ्जतर्फ जाँदै गरेको बा प्र ०३–००५१ प ४८७१ नम्बरको स्कुटरलाई जाँच गर्ने क्रममा चालक मुक्तानलाई गाँजासहित पक्राउ गरेको छ ।

घटना सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।