सवारीसाधन दुर्घटनामा २ जनाको मृत्यु

सवारीसाधन दुर्घटनामा २ जनाको मृत्यु

File Photo

काठमाण्डु – उदयपुर र स्याङ्जामा भएका छुट्टाछुट्टै सवारीसाधन दुर्घटनामा २ जनाको मृत्यु भएको छ ।

उदयपुरको बेलका नगरपालिका–५ घुम्नेस्थित सडकमा सुपाडेबाट चतारातर्फ जाँदै गरेको अनटेस्ट मोटरसाइकलको ठक्करबाट पैदलयात्री लालिगुराँस टोल बस्ने ८० वर्षीया मायासरी राईको आईतबार बिहान मृत्यु भएको छ ।

ठक्करबाट गम्भीर घाइते भएकी उनको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा मृत्यु भएको छ । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

स्याङ्जाको वालिङ नगरपालिका–८ मिर्दीस्थित सडकमा बुटवलबाट पोखरातर्फ जाँदै गरेको ग१ख ६२३७ नम्बरको बसको ठक्करबाट विरूवा गाउँपालिका–६ चिन्नेबास बस्ने ८२ वर्षीय दुर्गाबहादुर थापाको आईतबार दिउँसो मृत्यु भएको छ ।

बसबाट ओर्लिएर बाटो काट्ने क्रममा सोही बसले ठक्कर दिँदा गम्भीर घाइते भएका उनको प्राथमिक स्वास्थ्य केन्द्र वालिङमा उपचारको क्रममा मृत्यु भएको छ । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।