यस्तो छ संसद् सचिवालयका कर्मचारी र सरकारबीच भएको ७ बुँदे सहमति

यस्तो छ संसद् सचिवालयका कर्मचारी र सरकारबीच भएको ७ बुँदे सहमति

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – आन्दोलनरत संसद् सचिवायलका कर्मचारी र सरकारबीच ७ बुँदे सहमति भएको छ ।

सोमबार कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरी, संसद् सचिवालयका महासचिव पद्यप्रसाद पाण्डे र कर्मचारी युनियनबीच भएको वार्तामा ७ बुँदे सहमति भएको हो ।

सहमतिमा संसद्मा समिवालयमा कार्यरत राजपत्रांकित कर्मचारीलाई तीन हजार पाँच सय र राजपत्र अनंकित कर्मचारीलाई तीन हजार भत्ता बढाउने सहमति भएको छ ।

त्यस्तै अब कर्मचारीको शैक्षिक भत्ता र खाजा खर्च पनि बढाउने सहमति भएको छ ।

२१ दिनदेखि संसद् सचिवालयमा कार्यरत कर्मचारी खाजा, आवासका साथै अतिरिक्त समयमा काम गरेको भत्ता पाउनुपर्ने माग राख्दै आन्दोलनमा थिए ।