काठमाण्डु- कथित तपस्वी रामबहादुर बम्जन (लिटिल बुद्ध) बाल यौन दुराचार गरेको कसूरमा दोषी ठहर भएका छन् ।
सोमबार जिल्ला अदालत सर्लाहीका न्यायाधीश जीवानकुमार भण्डारीको इजलासले बम्जनलाई दोषी ठहर गरेको हो । अब अदालतले असार १७ गते सजाय निर्धारण हुने आदेशमा जनाएको छ ।
बम्जनले सर्लाही र सिन्धुपाल्चोकलगायत विभिन्न जिल्लामा आश्रम खडा गर्ने, जबरजस्ती करणी गर्ने, व्यक्ति बेपत्ता पर्ने कार्य गरेको आरोप लागेको थियो । उक्त आरोपमा विभिन्न जिल्लामा जाहेरी समेत परेको थियो ।
प्रहरीले खोजी गर्न थालेपछि उनी लामो समय बेपत्ता रहेका थिए । उनलाई २०८० परुष २४ गते प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोलीले पक्राउ गरेको थियो ।




प्रतिक्रिया