कैलालीमा चट्याङ लागेर २ को मृत्यु, ३ विद्यार्थी गम्भीर घाइते

कैलालीमा चट्याङ लागेर २ को मृत्यु, ३ विद्यार्थी गम्भीर घाइते

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कैलाली – कैलालीमा चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ। बुधबार बिहान चट्याङ लागेर जोशीपुर गाउँपालिका–३ भित्रियाका ३१ वर्षीय जयराम डगौँरा र धनगढी उपमहानगरपालिका–१८ एफ गाउँका ४७ वर्षीय सालिन चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ ।

विद्यालय जाँदै गर्दा चट्याङ लागेर घोडाघोडी नगरपालिका–९ बुदेनीका ३ विद्यार्थी बालिकाहरू गम्भीर घाइते भएका छन्। घाइते हुनेमा ९ वर्षीया सरस्वती भुल, ७ वर्षीया पारु कठायत र १० वर्षीया खिमा कठायत रहेका इलाका प्रहरी सुखडका डीएसपी दीपेन्द्र पालले जानकारी दिए ।

उनीहरू अध्ययनरत मोहन्याम आधारभूत विद्यालय बुदेनीको गेटमा पुग्ने क्रममा चट्याङ लागेको थियो। गम्भीर घाइते भएका बालिकाहरूमध्य एक बालिकाको पेटमा र दुई बालिकाको टाउकोमा चोट लागेको छ।

घाइते बालिकाहरूको घोडाघोडी अस्पताल प्राथमिक उपचार गरी थप उपचारका लागि बाँकेको कोहलपुर मेडिकल कलेज रेफर गरिएको डीएसपी पालले जानकारी दिए।