एकीकृत समाजवादीको महाधिवेशन : झलनाथले अध्यक्षमा घनश्यामलाई सघाउने

एकीकृत समाजवादीको महाधिवेशन : झलनाथले अध्यक्षमा घनश्यामलाई सघाउने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एकीकृत समाजवादीको महाधिवेशनमा अध्यक्षमा सम्मानित नेता झलनाथ खनालले महासचिव घनश्याम भुसाललाई सघाउने भएका छन् । बुधबार बिहान खनाल निवास डल्लु भएको छलफलमा भुसाललाई पार्टी अध्यक्षमा समर्थन गर्ने सहमति भएको हो ।

यसअघि खनालले आफै पार्टी अध्यक्षको उम्मेदवार बन्ने सार्वजनिक दाबी गर्दै आएका थिए । ‘एकीकृत समाजवादीको नयाँ नेतृत्वमा अब घनश्याम भूसाल अगाडि बढ्नुहुन्छ । उहाँलाई नै झलनाथ खनालको साथ हुने भएको छ’, छलफलमा सहभागी नेता नरेश शाहीले भने ।

एकीकृत समाजवादीको महाधिवेशन १६ असारदेखि काठमाडौंमा सुरु हुँदैछ । झलनाथ खनालको उत्तराधिकारीका रुपमा घनश्याम भूसाल अगाडि बढ्ने सहमति भएको छलफलमा सहभागी नेताहरूले बताएका छन् । छ’, खनाल निकट स्रोतले भन्यो ।

तत्कालीन एमाले र २०७८ भदौमा बनेको एकीकृत समाजवादीभित्र खनाल र भूसालबीच निकटको सम्बन्ध थियो । दशौं राष्ट्रिय महाधिवेशनमा खनाल र भूसाल दुवैले अध्यक्षको दाबी गरेका थिए । दुवै नेताका पार्टीभित्र धेरै मानिस साझा थिए । त्यसैले खनाल र भूसाललाई मिल्न दबाब थियो ।

छलफलमा खनाल र भुसालसहित प्रकाश ज्वाला, जीवनराम श्रेष्ठ, युवा नेताहरूमा नरेश शाही र सन्दिप राई सहभागी थिए । पछि खनाल र भुसालबीच एक्लाएक्लै छलफल भएको थियो ।

अध्यक्ष माधवकुमार नेपालले भने फेरि पनि नेतृत्वमा निरन्तर रहन प्रयत्न गरिरहेका छन् । अध्यक्ष नेपालले सर्वसम्मति नभएर चुनाव लडेर भएपनि नेतृत्वमा रहनेगरी तयारी गरिरहेका छन् ।

महाधिवेशनमा १८ सय प्रतिनिधि सहभागी हुँदैछन् ।