स्रोत नखुलेको २० लाख रकम कारोबार गर्ने व्यक्ति पक्राउ

स्रोत नखुलेको २० लाख रकम कारोबार गर्ने व्यक्ति पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – स्रोत नखुलेको अवैध रकम कारोबार गरेको अभियोगमा काठमाण्डु महानगरपालिका–१२ ब्रह्मटोल बस्ने भारतको बिहार मोतिहारी घर भएका ३८ वर्षीय निरन्जन कुमारलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रतिक ईन्टरप्राइजेजमा गैरकानूनी रूपमा आर्थिक कारोबार भइरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी परिसर काठमाण्डुबाट खटिएको प्रहरी टोलीले इन्टरप्राइजेजबाट स्रोत नखुलेको नगद करीब २० लाख ४० हजार रूपैयाँसहित उनलाई पक्राउ गरेको हो ।

थप अनुसन्धानका क्रममा कुमारले प्रतिबन्धित भर्चुअल रकम वाइनेन्समार्फत हालसम्म करीब ६ करोड २६ लाख ६९ हजार ९४७ रूपैयाँ समेत कारोबार गरेको खुल्न आएको छ ।

अवैध कारोबार सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।