काठमाण्डु-नेपाल पत्रकार महासंघको संशोधित निर्वाचन कार्यतालिका सार्वजनिक भएको छ ।
महासंघको निर्वाचन असार २२ गते शनिबारका लागि तय भएको छ । कार्यतालिका अनुसार मतदाताको अन्तिम नामावली असार १४ गते शुक्रबार अपरान्ह ४ बजे हुनेछ ।
यस्तै, उम्मेदवारको मनोनयन दर्ता असार १५ गते बिहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म हुनेछ । उम्मेदवारको नामावली प्रकाशन असार १५ गते साँझ ८ बजे हुनेछ । यस्तै उम्मेदवारमाथी दाबी विरोध असार १५ गते शनिबार साँझ ८ बजेदेखि असार १६ गते आइतबार बिहान ११ बजेसम्मका लागि तोकिएको छ ।
कार्यतालिका अनुसार उम्मेदवारको मनोनयनपत्र फिर्ता लिने समय असार १६ गते बिहान ११ बजेसम्म रहेको छ भने उम्मेदवारको अन्तिम नामावली प्रकाशन असार १६ गते दिउसो २ बजे तोकिएको छ ।
निर्वाचनको मुख्य दिन मतदान असार २२ गते बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म हुनेछ । मतदान सकिए लगत्तै असार २२ गते साँझदेखि नै मतगणना हुने कार्यतालिका रहेको छ ।





प्रतिक्रिया