एनपिएलमा आज दुई खेल हुँदै : विराटनगर र चितवन तथा कर्णाली र जनकपुर खेल्ने

एनपिएलमा आज दुई खेल हुँदै : विराटनगर र चितवन तथा कर्णाली र जनकपुर खेल्ने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाल प्रिमियर लिग (एनपिएल) मा मंगलबार दुई खेल हुँदैछन् ।

दिउँसो १२ः३० बजे हुने पहिलो खेलमा विराटनगर किङ्ग्स र चितवन राइनोज आमनेसामने हुनेछन् भने अपराह्न ५ बजे हुने दोस्रो खेलमा कर्णाली याक्स र जनकपुर बोल्ट्सबिच प्रतिस्पर्धा हुनेछ।

सन्दीप लामिछानेको नेतृत्वमा रहेको विराटनगर किंग्समा लोकेश बम, बसिर अहमद, प्रतिश जीसी, सुवास भण्डारी, नारायण जोशी, रुपेश सिंह, नरेन साउद, सुजन थपलिया जस्ता खेलाडी छन् । त्यस्तै, इमरान शेख, प्रतिक श्रेष्ठ, आन्द्रे रसेल, एन्जेलो म्याथ्युज, शुभम रन्जाने, चरिथ असलंका लगायतका खेलाडी पनि विराटनगरको टिममा रहेका छन् ।

विराटनगरसँग प्रतिस्पर्धा गर्न लागेको चितवन राइनोज कुशल मल्लको नेतृत्वमा रहेको छ । चितवनको टोलीमा देव खनाल, अर्जुन साउद, रिजन ढकाल, कमल सिंह ऐरी, रञ्जित कुमार, दीपक बोहरा, रवि बोपारा, सिकन्दर राजा, कलिम साना लगायतका खेलाडी समावेश छन् । त्यस्तै, चितवनमा विवेक यादव, मौसम ढकाल, विपिन रावल, हसन अली, गौतम केसी, सलाहुद्दिन खान, उसामा मीर लगायतका खेलाडी छन् ।

त्यस्तै, जनकपुरको टोलीका कप्तान हर्मित सिंह रहेका छन् । जनकपुरमा उनीबाहेक कुशल परेरा, ललित राजवंशी, मयन यादव, अनिल साह, विकास आग्री, आदित्य मेहता, तृतराज दासजस्ता खेलाडी समावेश छन् ।

जनकपुरमा अभिषेक तिवारी, विशाल पटेल, विशाल सुशलिङ, अमरसिंह रौतेला, रित गौतम, सन्तोष कार्की, जिमी नीशम, मोइन अली, इफ्तिकार अहमद लगायतका खेलाडी पनि छन् ।

कर्णालीको टिममा सोमपाल कामी कप्तान छन् । यस टिममा डेभिड मिलर, नन्दन यादव, युवराज खत्री, पवन सर्राफ छन् ।

त्यस्तै, विपिनप्रसाद शर्मा, दिपक डुम्रे, युनिश सिंह ठकुरी, शुभ कंसाकार, दीपेन्द्र रावत, सूर्य तामाङ, सचिन शर्मा, दिवान पुन लगायतका खेलाडी पनि कर्णालीको टिममा समावेश छन् ।

सोमबार प्रतियोगिताको उद्घाटन खेलमा सोमबार लुम्बिनी लायन्सले सुदूरपश्चिम रोयल्सलाई हराउँदै सुखद् सुरुआत गरेको थियो।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा लुम्बिनीले सुदूरपश्चिममाथि सात विकेटको जित निकालेको हो।

मंगलबारबाट सुरु भएको एनपीएल मंसिर ५ गतेसम्म सञ्चालन हुनेछ।