रिलायन्स स्पिनिङ मिल्सले पायो आईपीओ निष्काशनको अनुमति, प्रतिकित्ता मूल्य ८२० रुपैयाँ ८० पैसा

रिलायन्स स्पिनिङ मिल्सले पायो आईपीओ निष्काशनको अनुमति, प्रतिकित्ता मूल्य ८२० रुपैयाँ ८० पैसा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- रिलायन्स स्पिनिङ मिल्सलाई आईपीओ निष्काशन गर्ने अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डको बुधबार बसेको बोर्ड बैठकले बुक बिल्डिङ विधिबाट मिल्सलाई आईपीओ निस्काशनको अनुमति दिएको हो ।

यो निर्णयसँगै लामो समयदेखि रोकिएको प्राथमिक सार्वजनिक निष्काशन (आईपीओ) निस्काशनको काम पुनः सुरु भएको छ ।

बोर्डका कार्यवाहक अध्यक्ष नरेन्द्र कुमार रानाको अध्यक्षतामा बसेको बोर्ड बैठकले मिल्सलाई प्रतिकित्ता ८२० रुपैयाँ ८० पैसाका दरले आइपीओ निष्काशनको अनुमति दिएको हो । कम्पनीले ९४ करोड ८८ रुपैयाँबराबरको ११ लाख ५५ हजार ९ सय ६० कित्ता सेयर निश्काशन गर्नेछ ।

बोर्डले अनुमति दिने निर्णय आफ्नो वेबसाइटमा भने राखिसकेको छैन ।

रिलायन्स स्पिनिङ्स मिल्सको आईपीओ बुक बिल्डिङ विधिबाट निष्काशन हुने हुँदा सर्वसाधारणले न्यूनतम ५० कित्ताका लागि मात्रै आवेदन दिन पाउनेछन्। सर्वसाधारणले प्रतिकित्ता ८२० रुपैयाँ ८० पैसाका दरमा थोरैमा ५० कित्ताका लागि आवेदन दिनुपर्नेछ।

कम्पनी पवन गोल्यान समूहको हो । सुनसरी जिल्लामा रहेको मिल्सले धागो कारखाना सञ्चालन गर्दै आएको छ।