टी-२० विश्वकप : श्रीलंका समूह चरणबाट बाहिरिएपछि मुख्य प्रशिक्षक सिल्भरवुडले दिए राजीनामा

टी-२० विश्वकप : श्रीलंका समूह चरणबाट बाहिरिएपछि मुख्य प्रशिक्षक सिल्भरवुडले दिए राजीनामा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु –अमेरिका र वेस्टइन्डिजमा जारी टि–२० विश्वकप क्रिकेटमा श्रीलंका समूह चरणबाट बाहिरिएपछि टिमका मुख्य प्रशिक्षक क्रिस सिल्भरवुडले राजीनामा दिएका छन् । सन् २०२२ मा श्रीलंका क्रिकेट टिमको मुख्य प्रशिक्षक नियुक्त भएका सिल्भरवुडले राजीनामाको कारण भने परिवारसँग समय बिताउनका लागि उल्लेख गरेका छन् ।

‘अन्तर्राष्ट्रिय प्रशिक्षक हुनु भनेको प्रियजनबाट लामो समय टाढा हुनु हो। मेरो परिवारसँग लामो कुराकानी र भारी हृदयका साथ अब घर फर्कने र सँगै केही गुणस्तरीय समय बिताउने समय आएको छ’, सिल्भरवुडले राजीनामा पत्रमा उल्लेख गरेका छन् ।

विश्वकपमा नेपाल रहेकै समूह डी मा रहेको श्रीलंकाले समूह चरणमा नेदरल्याण्ड्सलाई मात्रै पराजित गरेको थियो। नेपालसँगको खेल वर्षाका कारण रद्द भएको थियो।

यो समूहबाट अगाडी बढेको दक्षिण अफ्रिका विश्वकपको फाइनलमा प्रवेश गरेको छ।

सिल्भरवुडको नेतृत्वमा श्रीलंकाले सन् २०२२ को एसिया कप, अस्ट्रेलियासँगको एकदिवसीय शृङ्खला र बङ्गलादेशसँगको टेस्ट शृङ्खला जितेको थियो।