रूपन्देही – १४ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा मायादेवी गाउँपालिका–१ अहिरौली बस्ने २३ वर्षीय दुर्गेश चमारलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
चमारले ती किशोरीलाई आफ्नो घरमा लगेर बिहीबार राति जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय सुर्यपुराबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको छ ।
घटना सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।




प्रतिक्रिया