नक्कली सुनको मूर्ति देखाई ठगी गर्ने ५ जना पक्राउ

नक्कली सुनको मूर्ति देखाई ठगी गर्ने ५ जना पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नक्कली सुनको मूर्ति देखाई ३० लाख रूपैयाँ ठगी गरेको अभियोगमा ५ जनालाई काठमाण्डुका विभिन्न स्थानहरूबाट प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा काठमाण्डुको कमलपोखरी बस्ने भारतको उडिशा राज्य केन्द्रवडा घर भएका ४० वर्षीय कलाकार दास, ललितपुर धोवीघाट बस्ने म्याग्दीको रघुगंगा गाउँपालिका–७ घर भएका ६४ वर्षीय क्षेत्र बहादुर शाही, काठमाण्डुको डल्लु बस्ने धादिङको निलकण्ठ नगरपालिका–२ घर भएका ३८ वर्षीय दिपक थापा, काठमाण्डुको लाजिम्पाट बस्ने दाङ घर भएका ३५ वर्षीय वसन्त चौधरी र काठमाण्डु महानगरपालिका–१५ चौमती बस्ने ५५ वर्षीय रविन महर्जन छन् ।

कागेश्वरी मनोहरा नगरपालिका–७ विष्ट गाउँ घर भएका ३१ वर्षीय पुरूषलाई कलाकार दासले नक्कली सुनको मूर्ति देखाई रकम ठगी गरेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी परिसर काठमाण्डु र प्रहरी प्रभाग काँडाघारीबाट खटिएको संयुक्त टोलीले उनीहरूलाई पक्राउ गरेको छ ।

उनीहरूको साथबाट नक्कली सुनको बुद्धको मूर्ति १ थान र नगद १४ लाख रूपैयाँ प्रहरीले बरामद गरेको छ ।

नक्कली सुन सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।