भारतीय ५०० रुपैयाँका नोटसहित १ जना पक्राउ

भारतीय ५०० रुपैयाँका नोटसहित १ जना पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपालमा प्रतिबन्धित ५०० दरका ८३९ थान गरी जम्मा ४ लाख १९ हजार ५०० भारतीय रूपैयाँसहित भारतीय नागरिक दलजित कौरलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

इन्डिगो एयरलाइन्सको उडानद्वारा काठमाण्डुबाट दिल्ली जान लागेका उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान ह्याण्ड व्यागेज एरियमा जाँच गर्ने क्रममा ह्याण्ड ब्यागमा रहेको भारतीय रूपैयाँ अवैध रूपमा लुकाइछिपाई बाह्य मुलुकतर्फ लैजान लागेको अवस्थामा फेला पारी पक्राउ गरिएको छ ।

उनलाई आवश्यक अनुसन्धान एवं कानूनी कारबाहीको लागि राजस्व अनुसन्धान विभाग हरिहरभवन पुल्चोक ललितपुर पठाइएको प्रहरीले जनाएको छ ।