६ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा भलामी पक्राउ

६ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा भलामी पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

अर्घाखाँची – ६ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा अर्घाखाँचीको मालारानी गाउँपालिका– ६ साकिन्धारा बस्ने ४३ वर्षीय आत्म बहादुर भलामी मगरलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीले मंगलबार राति भलामी मगरलाई पक्राउ गरेको हो । मगरले ती बालिकालाई जबरजस्ती करणी गरेको उजुरीको आधारमा इलाका प्रहरी कार्यालय खनबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीले यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।