भगवतीमाई गाउँपालिकामा २ बालिका मृत फेला

भगवतीमाई गाउँपालिकामा २ बालिका मृत फेला

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

दैलेख – दैलेखको भगवतीमाई गाउँपालिकामा २ बालिका मृत अवस्थामा फेला परेका छन् ।

भगवतीमाई गाउँपालिका–४ स्थित मनघरमा १३ र १४ वर्षीया बालिका घर नजिकैको जङ्गलमा मृत अवस्थामा फेला परेका हुन् ।

नाताले दिदीबहिनी पर्ने उनीहरू दुवै जना जङ्गलमा झुण्डिएको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी पुष्पराज रोकायलका अनुसार दुवै बालिका आईतबार राति एउटै घरमा सुतेका थिए । राति घरबाट निस्किएका उनीहरू बिहान घरभन्दा केही टाढा रहेको जङ्गलमा मृत भेटिएका हुन् । घटनास्थलमा प्रहरी टोली खटाइएको र घटना बारे विस्तृत अनुसन्धान भइरहेको सूचना अधिकारी रोकायलले जानकारी दिए ।