आज र भोलि राति नागढुंगा–नौबिसे सडकखण्ड अवरुद्ध हुने

आज र भोलि राति नागढुंगा–नौबिसे सडकखण्ड अवरुद्ध हुने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – त्रिभुवन राजपथअन्तर्गत नागढुंगा–नौबिसे सडकखण्ड आज र भोलि अवरुद्ध हुने भएको छ ।

नौबिसे खोलाको पुलमा ‘ग्रिडर लन्चिङ’ गर्ने कार्य भएकाले आज र भोलि राति १० बजेदेखि बिहान ३ बजेसम्म सडक अवरुद्ध हुनेछ ।

दुईपांग्रे तथा साना सवारीसाधन प्रयोगकर्ताहरूले वैकल्पिक मार्गको रूपमा धार्के–सितापाइला सडक प्रयोग गर्न प्रहरीको अनुरोध छ ।

एम्बुलेन्स र सुरक्षा निकायको गाडीबाहेक अन्य सवारी सञ्चालनमा पूर्ण रूपमा रोक लगाइने प्रहरीले जनाएको छ ।