विराटनगर – नेपाली कांग्रेस महामन्त्री गगन थापाले प्रधानमन्त्री प्रचण्डको अस्थिर कार्यशैलीका कारण नेपाली कांग्रेस र नेकपा एमाले एक ठाँउमा उभिएको बताएका छन् ।
विराटनगर विमानस्थलमा बिहीबार सञ्चारकर्मीहरूसँग भने, ‘अहिलेको परिस्थितिको सम्म्पूर्ण कारण भनेको वर्तमान प्रधानमन्त्री प्रचण्डको अस्थिरताको कारण हो, नयाँ सरकार बनेपछि गठबन्धन बनेपछि कांग्रेसका कसैलाई नयाँ गठबन्धन बनोस भन्ने चाहाना थियो होला, मेरो चाहाना प्रतिपक्षमा रहनु नै उपयुक्त हुन्छ भन्ने थियो,’ उनले भने, ‘तर सरकार बनेको २–४ महिना हुँदा नहुँदै गठबन्धन बन्थ्यो ? बन्दैनथ्यो प्रचण्डको यतिधेरै अस्थिर चरित्र व्यवहार नभएको भए ।’
एमालेसँगको गठबन्धनपछि पनि प्रचण्डले दायाँबायाँ गरिरहेको उनले बताए । थापाले प्रचण्ड धेरै अस्थिर हुँदा उनीसँग कसैको पनि विश्वास नरहेको बताए ।
अहिलेको सरकार ढाल्न प्रधानमन्त्री प्रचण्ड बाहेक कसैको भूमिका नरहेको बताउँदै थापाले संविधान पुनरावलोकनका लागि दुई दल एक ठाउँमा उभिएको बताए ।




प्रतिक्रिया