अस्ट्रेलियाले अफगानिस्तानसँग कुनै पनि द्विपक्षीय शृंखला नखेल्ने

अस्ट्रेलियाले अफगानिस्तानसँग कुनै पनि द्विपक्षीय शृंखला नखेल्ने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- अस्ट्रेलियाको क्रिकेट टोलीले अफगानिस्तानसँग द्विपक्षीय क्रिकेट नखेल्ने भएको छ । तालिवान सरकारको महिला अधिकारप्रतिको अडानका कारण अस्ट्रेलियाले अफगानिस्तानसँग कुनै पनि द्विपक्षीय शृंखला नखेल्ने भएको हो ।

अस्ट्रेलियाले महिला र बालिकाको मानव अधिकारमा उल्लेखनीय ह्रास आएको भन्दै अफगानिस्तानसँग तीन पटक द्विपक्षीय शृङ्खला खेल्न अस्वीकार गरेको छ। गत महिना भएको टी-२० विश्वकपमा अफगानिस्तानले अस्ट्रेलियालाई हराएपछि अस्ट्रेलियाका खेलाडी उस्मान ख्वाजाले सीएको अडान ठीक नभएको बताएका थिए।

सन् २०२० मा तालिवानले कब्जा गर्नुअघि एसीबीले अनुबन्ध गरेका १७ जना अफगान महिला खेलाडीले सोमबार आइसिसीलाई पत्र लेख्दै अस्ट्रेलियामा शरणार्थी टोली बनाउन सहयोग मागेका थिए। एसीबीको ब्यानर वा अफगानिस्तानको राष्ट्रिय टोलीको ब्यानरमा खेल्नुको साटो अस्ट्रेलियामा रहेको इस्ट एसियन क्रिकेट अफिसले आफ्नो क्याम्प सञ्चालन गरोस् भन्ने टोली चाहन्छ।