चन्द्र भण्डारीको टिप्पणी : ओलीले क्रिकेट मैदान बनाउन जोड दिए, बालेनले एनपीएल उद्घाटन गरे

चन्द्र भण्डारीको टिप्पणी : ओलीले क्रिकेट मैदान बनाउन जोड दिए, बालेनले एनपीएल उद्घाटन गरे

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- नेपाली कांग्रेसका उपसभापति डा. चन्द्र भण्डारीले नेपाल प्रिमियर लिग (एनपीएल) को सफलताको शुभकामना दिँदै पार्टीको आन्तरिक अवस्थाबारे पनि टिप्पणी गरेका छन् ।

सोमबार सामाजिक सञ्जालमा आफ्नो धारणा सार्वजनिक गर्दै भण्डारीले प्रजातान्त्रिक संस्थाको महत्त्व, विधि र प्रक्रियाको पालना तथा अवसरको संरक्षणबारे चर्चा गरेका हुन् ।

उनले कांग्रेसको प्रजातान्त्रिक घर निर्माणका क्रममा धेरै व्यक्तिले ज्यान गुमाएको उल्लेख गर्दै त्यही व्यवस्थाबाट बालेन्द्र शाह (बालेन) प्रधानमन्त्री बन्ने अवसर पाएको बताएका छन् ।

उनले केपी शर्मा ओलीले क्रिकेट मैदान निर्माणमा जोड दिएको र अहिले बालेनले एनपीएल उद्घाटन गरेको प्रसंग पनि जोडेका छन् ।

भण्डारीले बालेनले टुँडिखेलमा दुबो रोपेको र कांग्रेसले स्वच्छ ठाउँमा अधिवेशन सम्पन्न गरेको प्रसंग उल्लेख गर्दै पार्टीभित्रको वर्तमान अवस्थाप्रति व्यंग्य गरेका छन् । ‘बिग्रेको दुबो कांग्रेस रोप्दैछ’ भन्दै उनले पार्टीको आन्तरिक अभ्यासप्रति असन्तुष्टि व्यक्त गरेका छन् ।

‘बुझ्नुपर्ने कुरा यही हो- देश बन्यो जनताका लागि, प्रजातान्त्रिक घर बन्यो विधि, प्रक्रिया र अवसरका लागि,’ भण्डारीले लेखेका छन् ।

प्रजातान्त्रिक संस्थाभित्र व्यक्तिका इच्छाअनुसार फरक–फरक विचार र आवश्यकता हुन सक्ने भन्दै उनले समयअनुसार मानिसहरू आउने–जाने भए पनि संस्थाको स्थायित्व महत्त्वपूर्ण हुने बताएका छन् । ‘अतिथि आउँछन्, जान्छन्, संस्था र विचार जीवित रहनुपर्छ,’ भण्डारीले भनेका छन् ।