एमालेका मन्त्रीहरूले दिएको राजीनामा राष्ट्रपतिबाट स्वीकृत

एमालेका मन्त्रीहरूले दिएको राजीनामा राष्ट्रपतिबाट स्वीकृत

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एमालेबाट सरकारमा सहभागी भएका मन्त्रीहरूले दिएको राजीनामा राष्ट्रपति रामचन्द्र पौडेलले स्वीकृत गरेका छन् ।

एमालेको बुधबार बसेको सचिवालय बैठकले सरकारबाट बाहिरिने र सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो । त्यही निर्णय अनुरुप एमालेका मन्त्रीहरूले बुधबार साँझ प्रधानमन्त्री पुष्पकमल दाहालसमक्ष राजीनामा दिएका थिए ।

राष्ट्रपति पौडेलले संविधानको धारा ७७ को उपधारा (२) को खण्ड (क) बमोजिम आएको राजीनामा स्वीकृत गरी उनीहररूको कार्यभार प्रधानमन्त्री दाहाललाई तोकेका राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईले विज्ञप्तिमार्फत जानकारी दिएकी छन् ।