संसदीय समितिले सहकारी ठगीको मुद्दाबारे जानकारी लिन गृहसचिव र प्रहरी महानिरीक्षकलाई बोलायो

संसदीय समितिले सहकारी ठगीको मुद्दाबारे जानकारी लिन गृहसचिव र प्रहरी महानिरीक्षकलाई बोलायो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- सहकारीको रकम ठगीबारे संसदीय विशेष छानबिन समितिले गृह मन्त्रालयका सचिव र प्रहरी महानिरीक्षकलाई छलफलमा बोलाएको छ ।

संसदीय विशेष छानबिन समितिले सहकारीको रकम अपचलनसम्बन्धी मुद्दाबारे जानकारी लिन शुक्रबार गृह मन्त्रालयका सचिव एकनारायण अर्याल र प्रहरी महानिरीक्षक बसन्त कुँवरलाई बोलाएको हो ।

उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने सहकारीको रकममा ठगीमा मुछिएको भन्दै नेपाली कांग्रेसले लगातार संसद अवरुद्ध गरेपछि सहकारीको वचत रकम अपचलनका विषयमा छानबिन गर्न संसदीय समिति गठन गरिएको थियो ।