एकीकृत समाजवादीको ९३ सदस्यीय केन्द्रीय कमिटी घोषणा

एकीकृत समाजवादीको ९३ सदस्यीय केन्द्रीय कमिटी घोषणा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा (एकीकृत समाजवादी)को दशौँ राष्ट्रिय महाधिवेशनबाट ९३ सदस्यीय केन्द्रीय समिति घोषणा गरिएको छ ।

यही असार १६ गतेदेखि जारी महाधिवेशनको छैटौँ दिन आज महाधिवेशन अध्यक्ष मण्डलका अध्यक्ष झलनाथ खनालले माधवकुमार नेपालको अध्यक्षतामा सम्मानित नेता झलनाथ खनाल र महासचिव घनश्याम भुसालसहित ९३ जनाको केन्द्रीय कमिटी घोषणा गरेका हुन् ।

अध्यक्ष मण्डलका सदस्य राजेन्द्र पाण्डेले १० दिनभित्र बाँकी केन्द्रीय सदस्यको नाम सार्वजनिक गरिने जानकारी दिए ।