एनपीएलको पहिलो खेलमै सुदूरपश्चिमको खराब ब्याटिङ, ३४ रनमै ४ विकेट गुमायो

एनपीएलको पहिलो खेलमै सुदूरपश्चिमको खराब ब्याटिङ, ३४ रनमै ४ विकेट गुमायो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- नेपाल प्रिमियर लिग (एनपीएल) को उद्घाटन खेलमा सुदूरपश्चिम रोयल्सले कमजोर सुरुवात गरेको छ ।

लुम्बिनी लायन्सविरुद्ध सुदूरपश्चिमले ५.४ ओभरमा ३४ रन बनाउँदा चार विकेट गुमाएको छ ।

टस जितेर पहिले फिल्डिङ रोजेको लुम्बिनीले सुरुवातदेखि नै सुदूरपश्चिमका ब्याटरलाई दबाबमा राखेको छ ।

सुदूरपश्चिमका लागि पछिल्लो विकेटका रूपमा सैफ जैब आउट भएका छन् । उनी १४ बलमा १३ रन बनाएर शेड्ली भान स्काल्कविकको बलमा मल्लबाट क्याच आउट भए ।

लुम्बिनीका किशोर महतोले तीन ओभरमा २१ रन खर्चेर दुई विकेट लिएका छन् । त्यस्तै, शेड्ली भान स्काल्कविकले ०.४ ओभरमा पाँच रन खर्चेर एक विकेट लिएका छन् ।

सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरी ४ बलमा ६ रन बनाएर क्रिजमा छन् ।