काठमाडौंका यी स्थानमा आज ३ घन्टा विद्युत अवरूद्ध हुने

काठमाडौंका यी स्थानमा आज ३ घन्टा विद्युत अवरूद्ध हुने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- काठमाण्डुका विभिन्न स्थानमा आज तीन घन्टा विद्युत अवरूद्ध हुने भएको छ।

विद्युत प्राधिकरणका अनुसार रत्नपार्क वितरण केन्द्रको विभिन्न फिडर अन्तर्गत पर्ने विभिन्न स्थानहरूमा शनिबार बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म विद्युत अवरूद्ध हुने भएको हो।

कालोपुल फिडर अन्तर्गत पर्ने चाबाहिल सवस्टेसन हुँदै टोयोटा सोरुम पछाडीबाट दियो व्यांक्वेट, धुम्बाराही, राप्रपा पार्टी कार्यालयसम्मका क्षेत्रमा विद्युत अवरूद्ध हुनेछ।

हाँडीगाउँ फिडर अन्तर्गत पर्ने पहेँलो पुल हुँदै हाडीगाउँ कृष्ण मन्दिर, ५ नं. वडा कार्यालय, विशालनगर, गहनापोखरी, भाटभटेनी हुँदै पुलिस मुख्यालय छेउ छाता गणेश मन्दिर हुँदै डिल्लीबजार चारखाल लोडब्रेक स्विच सम्म क्षेत्रमा भूमिगत केबल चार्जका लागि उक्त फिडर सटडाउन गर्नुपर्ने कारण ती क्षेत्रहरूमा विद्युत अवरूद्ध हुने प्राधिकरणले जनाएको छ।