नेपालगञ्ज-बाँकेको सीमानजिक भारतीय भूमिमा मोटरसाइकल दुर्घटना हुँदा तीन जना नेपालीको मृत्यु भएको छ ।
रा ४ प ७६५ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा बाँकेको राप्ती सोनारी गाउँपालिका– १ का बनुवा नाका निवासी ५१ वर्षीय गोबर्धन घर्ती, ३३ वर्षीय लालबहादु बेसोउटी र २८ वर्षीया कल्पना श्रेष्ठको मृत्यु भएको हो ।
बाँकेको नरैनापुरसँग सिमाना जोडिएको भारतको श्रीवस्ती जिल्लास्थित बघौडा तालदेखि पाँच किलोमिटर पूर्व राजपुर भन्ने ठाउँमा ट्याक्टरसँग ठोक्किएर मोटरसाइकल दुर्घटनामा परेको राप्ती सोनारी गाउँपालिकाका प्रवक्ता मिनराज खड्काले जानकारी दिए ।
दुर्घटनाको विषयमा भारतीय प्रहरीले बाँके प्रहरीलाई जानकारी दिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता डीएसपी नारायण डाँगीले बताए ।
गाउँपालिका प्रवक्ता खड्काले भने उनीहरू घरायसी सामान किन्न भारतीय बजारमा गएको बेला दुर्घटनामा परेको पुष्टि गरेका छन् ।




प्रतिक्रिया