सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीकी श्रीमती गीता भ्रष्टाचारी ठहर, अब जेल बस्नुपर्ने

सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीकी श्रीमती गीता भ्रष्टाचारी ठहर, अब जेल बस्नुपर्ने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीकी श्रीमती गीता सोडारी भ्रष्टाचारी ठहर भएकी छन् ।

नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेर जागिर खाएको अभियोगमा विशेष अदालतले उनलाई बिहीबार दोषी ठहर गरेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको मुद्दामा विशेष अदालतले फैसला सुनाउँदै उनलाई दोषी ठहर गरेको छ ।

कैलालीको धनगढी उपमहानगरपालिका–९ स्थित शिव निम्न माविकी शिक्षिका गीताले बोर्ड अफ सेकेण्डरी एजुकेसन दिल्लीबाट १० कक्षा अध्ययन गरेको शैक्षिक प्रमाणपत्र पेश गरेकोमा प्रमाणपत्र नक्कली रहेको ठहर भएको छ ।

नक्कली प्रमाण पत्रका दोषीले कम्तीमा ६ महिनादेखि १ वर्षसम्म जेल बस्नुपर्ने प्रावधान छ ।