प्रधानमन्त्री प्रचण्डले मागे विश्वासको मत

प्रधानमन्त्री प्रचण्डले मागे विश्वासको मत

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु-प्रधानमन्त्री पुष्पकमल दाहालले संसदमा विश्वासको मत मागेका छन् । प्रधानमन्त्रीले नेपालको संविधानको धारा १०० को उपधार (२) बमोजिम प्रतिनिधि सभाबाट विश्वास प्राप्त गर्न प्रतिनिधि सभा नियमावली २०७९ को नियम १५५ बमोजिम प्रस्ताव पेश गरेका हुन् । प्रस्ताव प्रस्तुत गर्दै प्रधानमन्त्री प्रचण्डले आफूलाई विश्वासको मत दिन आग्रह गरेका छन् ।

प्रधानमन्त्रीले संसदमा राखेको प्रस्तावमाथि छलफल गर्न सभामुखले दुई घण्टाको समय निर्धारण गरेका छन् ।

संसदको पहिलो र दोस्रो ठूलो दल मिलेर सरकार बनाउने नेपाली कांग्रेस र नेकपा एमालेको सहमतिपछि विशेषगरी एमालेले सरकारलाई दिएको विश्वासको मत फिर्ता लिएपछि आफू सदनमा विश्वासको मतका लागि पुनः उपस्थित भएको जानकारी गराए ।

असार १७ गते राति संसदमा दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमालेबीच गठबन्धनसहित राष्ट्रिय सरकार निर्माण गर्ने सहमति गरेसँगै अल्पमतमा परेका प्रधानमन्त्री प्रचण्डले आज विश्वासको मत लिन लागेका हुन् ।

यस अगाडि २०८१ जेठ ७ गते चौथो पटक प्रधानमन्त्री दाहाल विश्वासको मत लिएका थिए । त्यतिबेला उनले राखेको विश्वासको मतको प्रस्तावको पक्षमा १५७ मत खसेको थियो भने विपक्षमा शून्य मत खसेको थियो । एक सांसद भने तटस्थ बसेका थिए । बैठकमा १५८ मत खसेको थियो । प्रधानमन्त्रीले तेस्रो पटक २०८० फागुन ३० गते विश्वासको मत पाएका थिए । विश्वासको मतका लागि पेश गरेको प्रस्तावको पक्षमा १५७ मत र विपक्षमा ११० मत खसेको थियो ।

उनले त्यसअघि दोस्रो पटक २०७९ पुस २६ गते पहिलो पटक र चैत्र ६ गते दोस्रो पटक विश्वासको मत लिएका थिए । पहिलो पटक बैठकमा उपस्थित २७० सांसदमध्ये २६८ जनाले प्रचण्डलाई मत दिएका थिए । दोस्रो पटक बैठकमा उपस्थित २६२ सांसदमध्ये १७२ जनाले मत दिएका थिए ।

दाहालले प्रधानमन्त्री बनेको १८ महिनाको अवधिमा पाँचौं पटक विश्वासको मत लिन लागेका हुन् ।