त्रिशूलीमा बेपत्ता बस र यात्रुको खोजी गर्न गोताखोर घटनास्थलमा

त्रिशूलीमा बेपत्ता बस र यात्रुको खोजी गर्न गोताखोर घटनास्थलमा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – चितवनको भरतपुर महानगरपालिका-२९ स्थित सिमलतालबाट शुक्रबार त्रिशूलीमा खसेका दुई वटा बस र यात्रुको खोजी आज पुन : सुरु गरिएको छ । खोजीका लागि अहिले सेना र सशस्त्र प्रहरीका गोताखोर र नेपाल प्रहरी घटनास्थलमा पुगिसकेका छन् ।

हिजो दिनभरको प्रयासपछि पनि बस र यात्रु फेला परेका थिएनन् । काठमाण्डुबाट गौर जाँदै गरेको बागमती प्रदेश-०३-००१ ख २४९५ नम्बरको गणपति डिलक्स र वीरगन्जबाट काठमाण्डुतर्फ आउँदै गरेको बागमती प्रदेश-०३-००६ ख १५१६ नम्बरको एन्जल डिलक्स नदीमा खसेका हुन् ।

एन्जल डिलक्समा २४ यात्रु र गणपति डिलक्समा ३१ जना यात्रु सवार थिए ।