सिमलताल बस दुर्घटना अपडेट : गैँडाकोटमा भेटिए दुई शव, पुष्टि हुन बाँकी

सिमलताल बस दुर्घटना अपडेट : गैँडाकोटमा भेटिए दुई शव, पुष्टि हुन बाँकी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु-नवलपरासी पूर्वको गैँडाकोट–१० मा दुई जनाको शव भेटिएको छ ।

फेला परेका शव सिमलताल घटनाका रहेको अनुमान गरिएको छ । यद्यपि प्रहरीले पुष्टि गरेको छैन । सनाखत भएपछि पुष्टि गर्न सकिने प्रहरीले जनाएको छ ।

चितवनको भरतपुर महानगरपालिका–२९ स्थित सिमलतालमा पहिरो खस्दा शुक्रबार दुई वटा डिलक्स गाडी त्रिशूलीमा खसेका थिए । एन्जल वीरगन्जबाट काठमाडौँतर्फ र गणपति काठमाडौँबाट रौतहटको गौरतर्फ जाँदै गरेको अवस्थामा पहिरोमा परेका थिए ।

शनिवार खोजी गर्ने क्रममा पहिरो गएको स्थानबाट अन्दाजी ५० किमि तल राप्ती नदी र नारायणी नदी मिसिने स्थान गोलाघाटमा भारत विहार सीतामडी जिल्ला बर्गनिया थानाग्राम जमुवा बस्ने २८ वर्षीय ऋषिपाल साहको शव भेटिएको हो ।

नदी किनारमा घोप्टो परेको अवस्थामा उनको शव शनिवार भेटिएको छ । शवको साथमा केही कागजात पनि भेटिएको छ । प्राप्त कागजातको आधारमा शव भारतीय नागरिक ऋषिपाल साहको रहेको खुलेको छ ।

साह नेपालमा बसेर काम गर्ने गरेको उनका दाइ सत्य पाल शाहले बताएका छन् । शव भाइ ऋषि पलको नै रहेको उनले पुष्टि गरेका छन् । भारतको मोतिहारी राजमुनुवा घर भएका २८ वर्षीय साह काठमाडौँको जोरपाटीबाट गौर जानका लागि बस चढेका थिए ।

काठमाडौँबाट रौतहटको गौरतर्फ आउने क्रममा पहिरोमा परेर बेपता भएको गणपति डिलक्समा २९ जना सवार यात्रु रहेका थिए । बागमती प्रदेश–०३–००१ ख २४९५ नम्बरको बस त्रिशूलीमा खस्दा बसमा सवारमध्ये नन्दन दास, सुरज प्रसाद गुप्ता र जलेश्वर यादव बसबाट हाम फालेर नदीबाट बाहिर आएका थिए ।

एन्जल वीरगन्जबाट काठमाडौँतर्फ र गणपति काठमाडौँबाट रौतहटको गौरतर्फ जाँदै गरेको अवस्थामा पहिरोमा परेका थिए ।

चितवनको भरतपुर महानगरपालिका–२९ स्थित सिमलतालमा पहिरो खस्दा दुई वटा डिलक्स गाडी त्रिशूलीमा खसेका छन् । नारायणगढ–मुग्लिन सडक खण्डको सिमलतालबाट बागमती प्रदेश–०३–००६ ख १५१६ नम्बरको एन्जल डिलक्स र गणपति डिलक्स नदीमा खसेका हुन् । शुक्रबारदेखि बेपत्ता बस र यात्रुको खोजी कार्य तीव्र पारिएको छ ।

शनिबार बिहानैदेखि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको तालिमप्राप्त गोताखोर र विपद् उद्धारको जनशक्ति यहाँ खटिएको छ । त्यस्तै, नदी उद्धारमा काम गर्न सक्ने स्थानीयलाई समेत उद्धारमा सामेल गराइएको चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए ।