काठमाण्डु – प्रतिनिधि सभाको आईतबारका लागि बोलाइएको बैठक सोमबारका लागि सरेको छ ।
आईतबार अपराह्न ३ बजेका लागि तय भएको बैठक विशेष कारणले बस्ने नसक्ने भएकाले सोमबार अपराह्न १ बजे बस्ने गरी निर्धारण गरिएको संघीय संसद् सचिवालयले शनिबार सूचनामार्फत जानकारी गराएको छ ।
आईतबार अपराह्न १ः१५ बजे बस्ने गरी निर्धारण भएको राष्ट्रिय सभाको बैठक पनि सोमबार बिहान ११ः३० बजे बस्ने गरी सारिएको छ ।




प्रतिक्रिया