प्रहरी जवानको परीक्षामा पनि नक्कली परीक्षार्थी ! ६ जना पक्राउ

प्रहरी जवानको परीक्षामा पनि नक्कली परीक्षार्थी ! ६ जना पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रहरी जवान (जनपद) पदको लिखित परीक्षा दिँदादिँदै ६ नक्कली परीक्षार्थीलाई पक्राउ गरिएको छ ।

जिल्ला प्रहरी परिसर काठमाण्डुका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) नवराज अधिकारीले शनिबार विभिन्न स्थानमा भएको परीक्षामा अर्काको नाममा परीक्षा दिँदै गरेका उनीहरूलाई पक्राउ गरी अनुसन्धान थालिएको जानकारी दिए ।

उनका अनुसार रित शाहीको नाममा परीक्षा दिँदै गरेका कालिकोटका २२ वर्षीय अभिषेक शाही, हिक्मतबहादुर थापाको नाममा परीक्षा दिँदै गरेका कञ्चनपुरका ईशाक तामाङ, शर्मिला शाहीको नाममा परीक्षा दिने दोलखाकी तृप्ती सुन्दास पक्राउ परेका हुन् । पारस बुढाको नाममा परीक्षा दिने रोशन खत्री, सविन महराको नाममा परीक्षा दिने दार्चुलाका रविन्द्र महरा र प्रदीप बस्यालको नाममा परीक्षा दिने बैतडीका दिनेश चन्द रहेका एसपी अधिकारीले जानकारी दिए ।

२ जनालाई प्रहरी वृत्त गौशाला, ३ जनालाई वृत्त बानेश्वर र १ जनालाई प्रहरी वृत्त सिंहदरबारको टोलीले पक्राउ गरेको उनले जानकारी दिए ।