सिमलताल बस दुर्घटना अपडेट : अर्को शव पनि फेला

सिमलताल बस दुर्घटना अपडेट : अर्को शव पनि फेला

अहिलेसम्म भेटिएका तीन शव मध्ये दुई नेपाली र एक भारतीय नागरिकको रहेको पुष्टि

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चितवन-चितवनको भरतपुर महानगरपालिका वडा नम्बर २८ स्थित गोलाघाट नजिकै फेरी अर्को शव फेला परेको छ ।

सिमालताल बस दुर्घटनाभन्दा ५० किलोमिटर तल गोलाघाट नजिकै नारायणी नदी किनारको टापुमा शव फेला परेको जिल्ला प्रशासन कार्यालय चितवनले जानकारी दिएको छ । उक्त शवको पहिचान हुन भने बाँकी छ ।

उक्त शव पनि सिमलताल दुर्घटनाकै यात्रुको हुन् सक्ने आशंका गरिएको पनि पुष्टि हुन भने बाँकी रहेको छ ।

यसअघि शनिवार गोलाघाटमा एक र गैंडाकोटमा दुईजनाको शव फेला परेको थियो । तीन वटै शव सिमलताल दुर्घटनाकै भएको पुष्टि भइसकेको छ ।

जसमा एकजना भारतीय नागरिकसहित २ जना नेपाली नागरिक रहेका छन् ।

चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवकाअनुसार नवलपुरको गैंडाकोटस्थित नारायणी नदीको टापुमा शनिवार दिउँसो भेटिएका दुवै शवको सनाखत भएको छ ।

२२ वर्षीय विकास परियारको शव उनका दाइ विजय परियारले पहिचान गरेका छन् । विकास वीरगञ्जबाट काठमाडौंतर्फ जाँदै गरेको बागमती प्रदेश०३–००६ ख १५१६ नम्बरको बसमा सवार थिए ।

त्यही भेटिएकको अर्को शव सर्लाहीको बरहथवा नगरपालिका वडा नम्बर ३ बस्ने १९ वर्षीय रमितकुशर माझीको रहेको छ । उनका बुवा रवीन्द्रकुशर माझीले शवको सनाखत गरेका हुन् । उनी काठमाडौबाट गौर जाँदै गरेको प्रदेश ०३– ००१ ख २४९५ नम्बरको गणपति बसमा चढेका थिए ।

शनिवार नै गोलाघाटमा फेला परेको शव भारतीय नागरिक ऋषिपल साहको रहेको खुलेको छ ।

शवको पुष्टि उनका दाइ सत्यपाल साहले गरेका हुन् । भारतको मोतिहारी राजमुनुवा घर भएका २८ वर्षीय ऋषिपल काठमाडौंको जोरपाटीबाट गौर जानका लागि गणपति बस चढेका थिए । ऋषिपलले काठमाडौंमा १० वर्षदेखि किराना पसल गर्दै आएका थिए । दाइ सत्यपालले पनि काठमाडौंमै किराना पसल सञ्चालन गर्दै आएका छन् । बेपत्ता अन्यको पनि खोजी कार्य जारी छ ।