प्रधानमन्त्रीले सुरक्षा निकायका प्रमुखहरूलाई भने –त्रिशूलीमा बेपत्ता यात्रुको खोजीलाई तीव्रता दिनुस्

प्रधानमन्त्रीले सुरक्षा निकायका प्रमुखहरूलाई भने –त्रिशूलीमा बेपत्ता यात्रुको खोजीलाई तीव्रता दिनुस्

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रधानमन्त्री पुष्पकमल दाहालले चितवनको सिमलतालस्थित सडकबाट त्रिशूली नदीमा यात्रुवाहक बस खसेर बेपत्ता भएका यात्रुहरूको खोजीलाई तीव्रता दिन निर्देशन दिएका छन् ।

प्रधानमन्त्री दाहालले नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी प्रमुखलाई बिहान निजी निवास खुमलटारमा बोलाएर हराइरहेका यात्रुहरूको खोजीलाई तीव्रता दिन निर्देशन दिएका हुन् ।

दाहालको सचिवालयले सुरक्षा निकायका प्रमुखहरूसँग दाहालले सिमलताल बस दुर्घटनापछिको खोजी कार्य र पछिल्लो अवस्थाको जानकारी लिएको जानकारी दियो ।

उनले सबै उपायहरूको अबलम्बन गरेर हराइरहेकाहरूको खोजी कार्यलाई अझै तीव्रता दिन निर्देशन दिएको सचिवालयले जनाएको छ।

देशको राजनैतिक परिस्थिति जे-जस्तो भएता पनि स्थायी सरकारको रुपमा रहेको कर्मचारीतन्त्र र सुरक्षा निकायले अविचलित र अभिछिन्नरुपमा जनताको सेवामा लागि पर्न दाहालले आग्रह गरेका छन्।