काठमाण्डु – नेपाली कांग्रेसले पार्टीका भागमा परेका १० मन्त्रालयमा मन्त्रीको नाम टुग्याएको छ । सस्थापनबाट ६ र डा. शेखर कोइराला समूहबाट ४ गरी १० मन्त्री सिफारिसमा परेका हुन् ।
कांग्रेस पूर्वमहामन्त्री प्रकाशमान सिंहको नेतृत्वमा सरकारमा सहभागी हुँदैछ । सिंहले शहरी विकास मन्त्रालयको जिम्मेवारी पाउने छन् ।
यस्तै रमेश लेखक गृहमन्त्री र देउवापत्नी आरजु राणा देउवा परराष्ट्रमन्त्री बन्दैछन् । अजय चौरासिया कानुनमन्त्री, ऐनबहादुर शाही वन र शशांक कोइरालानिकट दीपक खड्का ऊजामन्त्री बन्दैछन् ।
लामो रस्साकस्सीपछि नेपाली कांग्रेसको डा. शेखर कोइराला समूहले आफ्नो भागमा परेका चार मन्त्रीको नाम टुंग्याएको छ । प्रदीप पौडेल स्वास्थ्य तथा जनसंख्यामन्त्री बन्ने भएका छन् ।
संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रीमा सहमहामन्त्री बद्री पाण्डे जाने भएका छन् । रामनाथ अधिकारी कृषिमन्त्री बन्नेछन् । तेजुलाल चौधरी युवा तथा खेलकुद मन्त्री बन्ने भएका छन् ।




प्रतिक्रिया