मकवानपुर – बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले ६ साउनमा विश्वासको मत लिने जानकारीसहितको पत्र प्रदेशसभा सचिवालयमा बुझाएका छन् ।
सोमबार बिहान साझेदार दल एकीकृत समाजवादी र हाम्रो नेपाली पार्टीसँग छलफल गरेपछि मुख्यमन्त्री जम्कट्टेलले ६ साउनमा विश्वासको मत लिने जानकारी प्रदेश सभा सचिवालयलाई गराएका हुन् ।
नेकपा एमालेले २४ असारमा समर्थन फिर्ता लिएसँगै अल्पमतमा परेका जम्कट्टेलले विश्वासको मत नपाउने निश्चितजस्तै छ ।




प्रतिक्रिया