परराष्ट्रमन्त्रीसँग भारतीय राजदूतको शिष्टाचार भेट

परराष्ट्रमन्त्रीसँग भारतीय राजदूतको शिष्टाचार भेट

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – परराष्‍ट्रमन्त्री आरजु राणा देउवा र भारतीय राजदूत नवीन श्रीवास्तवबीच सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा शिष्टाचार भेटवार्ता भएको छ ।

उनीहरूबीच नेपाल–भारतबीचको सम्बन्ध र सहकार्यबारे छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।

मन्त्रीमा देउवा नियुक्त भएपछि भारतीय समकक्षी एस जयशं‌करले पनि ट्विटमार्फत बधाई तथा शुभकामना दिएका थिए। त्यसपछि नेपालका लागि भारतीय राजदूत श्रीवास्तव मन्त्रालयमै आएर शिष्टाचार भेट गर्दै बधाइ दिएका हुन् ।