कठमाण्डु-मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर साधारणतया बदली रहि देशका अधिकांश भू–भागमा वर्षा भइरहेको छ ।
हाल देशभर मनसुनी वायुको प्रभाव रहेको भन्दै महाशाखाले मनसुनको न्यून चापीय रेखा भने सरदर स्थानको दक्षिण तर्फ रहेको बताएको छ ।
महाशाखाले आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने जनाएको छ ।
महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी, कर्णाली प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
कोशी, बागमती र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । यस्तै आज राति देशभर आंशिकदेखि साधारणतया बदली रहने छ ।
कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन÷चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार कोशी, मधेश,गण्डकी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।




प्रतिक्रिया