स्रोत नखुलेको झण्डै ४ लाखसहित २ जना पक्राउ

स्रोत नखुलेको झण्डै ४ लाखसहित २ जना पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कास्की – पोखरा महानगरपालिका–१ जौबारीबाट स्रोत नखुलेको नगद ३ लाख ९९ हजार ५०० रूपैयाँसहित २ जनालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा पोखरा महानगरपालिका–२२ पुम्दीकोट बस्ने ४० वर्षीय खेमबहादुर परियार र माछापुच्छ्रे गाउँपालिका–६ धिताल बस्ने ४० वर्षीय मनबहादुर तामाङ रहेका छन् ।

वडा प्रहरी कार्यालय बगरबाट खटिएको प्रहरी टोलीले हेम्जाबाट पोखरातर्फ आउँदै गरेको ग१६प ४०११ नम्बरको स्कुटरलाई जाँच गर्ने क्रममा डिक्कीभित्र राखेको नगद फेला पारी स्कुटरमा सवार दुवै जनालाई पक्राउ गरेको छ ।

घटना सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।