विपदमा परी मृत्यु हुनेको संख्या १२८ जना पुग्यो

विपदमा परी मृत्यु हुनेको संख्या १२८ जना पुग्यो

File photo

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – यो वर्षको मनसुन अवधिमा विपत्तिमा परेर शनिबारसम्म १२८ जनाको मृत्यु भएको छ ।

प्रहरी प्रधान कार्यालयका अनुसार मनसुन सुरु भएको दिन गत जेठ २८ गतेदेखि शनिबारसम्म ४२ दिनको अवधिमा अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो लगायत विपदमा परी शनिबार दिउँसोसम्म १२८ जनाको मृत्यु र १४३ जना घाइते भएका छन् ।

प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीका अनुसार बाढी, पहिरो लगायत विपदमा परी काठमाण्डु उपत्यकामा २, कोशी प्रदेशमा २२, मधेश प्रदेशमा ५, बागमती प्रदेशमा २२, गण्डकी प्रदेशमा ३८, लुम्बिनी प्रदेशमा २३, कर्णाली प्रदेशमा ७ र सुदूरपश्चिम प्रदेशमा ९ जनाको ज्यान गएको छ ।

बाढीका कारण जम्मा १८२ घर डुबानमा परेका तथा २२८ वटा घर, ८३ वटा गोठ, ४३ वटा पुल, १ विद्यालय र २ वटा सरकारी कार्यालयमा क्षति पुगेको छ । विपदमा परी ५८९ वटा पशुचौपाया मारिएका छन् । उक्त अवधिमा विपद्का घटनाबाट ३ हजार ७७९ घरपरिवार विस्थापित भएका छन् ।