कर्णाली – कर्णाली प्रदेश सरकारबाट नेकपा माओवादी केन्द्रका ४ मन्त्रीहरूले पदबाट राजीनामा दिएका छन् ।
मुख्यमन्त्री यामलाल कँडेलसमक्ष सोमबार उनीहरूले सामूहिक राजीनामा दिएका हुन् ।
माओवादी केन्द्रका तर्फबाट प्रदेश सरकारमा महेन्द्र केसी आर्थिक मामिला तथा योजना, वीरबहादुर शाही सामाजिक विकास, दुर्गबहादुर रावत उद्योग, वन तथा वातावरणमन्त्री र रनसिंह परियार जलस्रोत तथा ऊर्जा विकासमन्त्री थिए ।
परिवर्तित राष्ट्रिय राजनीति र समीकरण फेरबदल भएकाले प्रदेश सरकारका कामकारबाहीमा सहयोग पुर्याउन राजीनामा दिएको मन्त्री केसीले बताए ।
चारै जना मन्त्री वैशाख १८ गते नियुक्त भएका थिए । मन्त्रीहरूको राजीनामा सँगै माओवादी केन्द्रले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । मन्त्रीहरूले सोमबारै पत्रकार भेटघाट कार्यक्रम गरी २ महिनामा आफूहरूले गरेका कार्यप्रगति सार्वजनिक गरेका छन् ।




प्रतिक्रिया