काठमाण्डु – भीमसेन थापाको २५०औं जन्मजयन्तीको अवसरमा गोरखाको भीमसेन थापा गाउँपालिकाले पर्सि सार्वजनिक बिदा दिएको छ ।
गत असार ७ गतेको गाउँ कार्यपालिकाले गरेको निर्णयअनुसार पर्सि बुधबार सार्वजनिक बिदा दिइएको छ ।
गाउँपालिका भित्रका सरकारी कार्यालय, संघसंस्थाहरूमा सार्वजनिक बिदा हुने गाउँपालिकाले जनाएको छ ।
बुधबार भीमसेन थापा गाउँपालिका–८ चण्डीथोकमा अवस्थित भीमसेन थापाको शालिकमा माल्यार्पणसहित जन्मजयन्ती मनाइनेछ ।




प्रतिक्रिया