प्रतिनिधि सभा बैठक बस्दै,यस्तो छ कार्यसूची

प्रतिनिधि सभा बैठक बस्दै,यस्तो छ कार्यसूची

File Photo

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – आज प्रतिनिधि सभाको बैठक बस्दैछ । मंगलबार संघीय संसद् भवन नयाँ बानेश्वरमा दिउँसो १ बजे बस्ने बैठकमा सभामुख देवराज घिमिरेले संयुक्त समिति अन्तर्गतको संसदीय सुनुवाई समितिमा सांसदहरूको नाम हेरफेर गर्नेछन्।

त्यस्तै सभामुख घिमिरेले प्रतिनिधि सभा अन्तर्गतको विषयगत समितिहरूमा पनि सांसदहरू हेरफेर गर्ने कार्यसूची रहेको छ।
आजै प्रतिनिधि सभा बैठकमा मन्त्रीहरूको प्रश्नोत्तर पनि रहेको छ।

आज प्रश्नोत्तर अन्तर्गत स्वास्थ्य तथा जनसंख्या, बन तथा बातावरण, कृषि तथा पशुपंक्षी विकास र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय सम्बन्धी मौखिक प्रश्नहरुको सम्बन्धित मन्त्रीले उत्तर दिने कार्यसूची रहेको छ ।