दीगो पर्यटन परियोजनालाई तेस्रोपटक पाटा गोल्ड अवार्ड प्राप्त

दीगो पर्यटन परियोजनालाई तेस्रोपटक पाटा गोल्ड अवार्ड प्राप्त

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाल पर्यटन बोर्ड तथा संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) सँगको सहकार्यमा सञ्चालित जीविकोपार्जन पुनःउत्थानका लागि दीगो पर्यटन परियोजना (एसटीएलआरपी) ले तेस्रो पटक प्यासिफिक एसिया ट्राभल एशोसिएशन (पाटा) गोल्ड अवार्ड प्राप्त गरेको छ ।

परियोजनाले कम्युनिटी बेस टुरिजममा २०२४ का लागि पाटा गोल्ड अवार्ड प्राप्त गरेको छ ।

परियोजनाले नेपालका ७ प्रदेश ५८ जिल्ला तथा ८५ वटा नगर/गाउँ पालिकाहरूसँगको सहलगानीमा विभिन्न स्थानमा पर्यटकीय गन्तव्य निर्माण गरी पर्यटन रोजगारीका अवसरहरू सिर्जना र दीगो पर्यटन विकासमा क्षमता अभिवृद्धि गरेकाले अवार्ड प्राप्त गरेको जनाइएको छ ।

यसअघि सन् २०२२ र २०२३ मा पनि एसटीएलआरपी परियोजनाले पाटा गोल्ड अवार्ड प्राप्त गरेको थियो । एसटीएलआरपीले पर्यटनका माध्यमबाट महिला सशक्तीकरणमा गरेको पहलकदमी, दीगोपन तथा सामाजिक उत्तरदायित्वका लागि २०२३ मा पाटा गोल्ड अवार्ड र २०२२ मा टुरिज्म डेस्टिनेसन रेसिलेन्सी विधाअन्तर्गत पाटा गोल्ड अर्वाड प्राप्त गरेको थियो ।

परियोजनाले निरन्तर पाटा अवार्ड प्राप्त गर्नुले परियोजनाले गरिरहेका कामले पर्यटन क्षेत्रमा राम्रो योगदान गरेको र त्यसको मूल्यांकन स्वरूप अवार्ड प्राप्त भएको नेपाल पर्यटन बोर्डका निमित्त कार्यकारी प्रमुख नन्दिनी लाहे थापाले जानकारी दिइन् ।

परियोजनाले कोभिड–१९ पछि करीब १० हजार पर्यटन मजदुरहरूलाई अल्पकालीन रोजगारी सिर्जना तथा ४ हजार जनालाई क्षमता अभिवृद्धिको तालिम प्रदानसहित सातै प्रदेशका विभिन्न पालिकामा पर्यटकीय गन्तव्य निर्माण गरिएकोले बोर्डका प्रबन्धक तथा राष्ट्रिय कार्यक्रम संयोजक श्रद्धा श्रेष्ठले जानकारी दिएकी छन् ।