काठमाण्डु-विमान दुर्घटनाको अवस्था बुझ्न प्रधानमन्त्री केपी शर्मा ओली विमानस्थल जाँदैछन् ।
प्रधानमन्त्री ओली दुर्घटनास्थल जान लागेको सचिवालयले जनाएको छ ।
प्रधानमन्त्री ओलीले दुर्घटनाबारे जानकारी लिन नागरिक उड्ययन प्राधिकरणका सम्बन्धित अधिकारीलाई पनि बोलाइएको छ ।
यस्तै, दुर्घटनाका बारेमा जानकारी लिन गृहमन्त्री रमेश लेखक विमानस्थल पुगेका छन् ।
काठमाडौंबाट पोखरा जान लागेको सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा परेको थियो । त्रिभुवन विमानस्थल कार्यालयका अनुसार १८ जनाको शव निकालिएको छ ।
चालक दलका सदस्यसहित १९ जना यात्रु रहेको विमान उड्ने क्रममा विमानस्थलको धावनमार्गमा चिप्लिएर दुर्घटनामा परेको विमानस्थल कार्यालयले जनाएको छ ।




प्रतिक्रिया