मन्त्रालयमा भागवण्डा मिलेपछि कोशी सरकारमा कांग्रेस जाँदै

मन्त्रालयमा भागवण्डा मिलेपछि कोशी सरकारमा कांग्रेस जाँदै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु-कोशी प्रदेश सरकारमा नेपाली कांग्रेस र नेकपा एमालेबीच मन्त्रालय भागवण्डा मिलेपछि नेपाली कांग्रेस सरकारमा सहभागी हुने भएको छ ।

हिजो काठमाडौंमा कांग्रेस र एमालेका नेताहरूबीच मन्त्रालय भागवण्डामा सहमति जुटाएको हो । सहमतिअनुसार एमालेले मुख्यमन्त्रीसहित ५ मन्त्रालय लिने भएको हो ।

बैठकमा सहभागी एमाले प्रमुख सचेतक रेवतीरमण भण्डारीका मन्त्रालयको विषयमा सहमति टुंगिएको र कांग्रेस सरकमारमा सहभागी हुने बताए ।

बैठकमा एमालेको तर्फबाट मुख्यमन्त्री हिक्मत कार्की, आर्थिक मामिलामन्त्री राम राना र प्रमुख सचेतक रेवतीरमण भण्डारी रहेका थिए । यस्तै कांग्रेसको तर्फबाट कांग्रेस संसदीय दलका नेता उद्धव थापा, प्रमुख सचेतक गोपल तामाङ र नेता रमेशजङ्ग रायमाझी रहेका थिए ।

सहमतिअनुसार कांग्रेस सोमबार सरकारमा सहभागी हुनेछ । मुख्यमन्त्री कार्कीले यसअघि माओवादीलाई जिम्मा दिएको मन्त्रालयहरू कांग्रेसलाई जिम्मा लगाउने तयारीमा रहेका छन् । कांग्रेसले चार मन्त्रालय पाउने सहमति भएको छ ।

कोशी प्रदेश सरकारमा माओवादी केन्द्रले सरकार छाडेपछि अहिले भौतिक पूर्वाधार, स्वास्थ्य, पर्यटन वन तथा वातावरण मन्त्रालय खाली रहेको छ । उद्योग, कृषि तथा सहकारी मन्त्रालय र सामाजिक विकास मन्त्रालय कांग्रेसले पाउने सम्भावना रहेको छ ।