बढ्यो सुनको मूल्य, तोलामा कति ?

बढ्यो सुनको मूल्य, तोलामा कति ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – आइतबार सुनको मूल्य तोलामा १ हजार रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आइतबारका लागि सुनको मूल्य तोलाको १ लाख ४५ हजार ७ सय रुपैयाँ तोकेको छ ।

सुन यसअघि शुक्रबार १ लाख ४४ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो । यसअघि साउन २ गते सुनको भाउ हालसम्मकै उच्च १ लाख ४९ हजार ८ सय रुपैयाँ पुगेको थियो ।

त्यस्तै चाँदीको भाउ आइतबार तोलामा १० रुपैयाँ बढेको छ । अघिल्लो दिन तोलामा १७३० रुपैयाँ रहेको चाँदी आज १७४० रुपैयाँ कायम भएको छ ।